पूर्वमेयर थापाद्वारा नेकपा एस परित्यागको घोषणा

21.2k Shares

काठमाडौं, १५  असोज   कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा एस छाडेका छन् कागेश्वरी माधव नेपालको क्षेत्र हो नेता नेपालको विश्वास पात्र मानिएका थापा गत स्थानीय चुनावदेखि नै नेतृत्वप्रति असन्तुष्ट थिए

शनिबार बिहान सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिँदै उनले आजकै मितिबाट पार्टीको कुनै पदमा नरहेको घोषणा गरेका हुन्

आज मिति २०७९ आश्विन १५ गते ( अक्टोवर २०२२) गतेदेखि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत गठबन्धनवादी) को कुनै पनि पदमा नरहेको सबैमा जानकारी गराउँदछु , थापाले लेखेका छन्

उनी नेकपा एसका केन्द्रीय लेखा आयोग सदस्यसमेत रहेका थापा काठमाडौं- का प्रभावशाली नेता मानिन्छन् ७४ मा उनी एमालेबाट मेयर निर्वाचित भएका थिए

गत वैशाखको स्थानीय चुनावमा यहाँ नेकपा एसलाई बाहिर राखेर कांग्रेस-माओवादीले मात्र तालमेल गरेका थिए आफ्नै क्षेत्रमा नेकपा एसलाई दिलाउन नसकेको भन्दै उनी नेपालसँग असन्तुष्ट थिए एक्लै मेयर उठेका थापा ३५५६ मतका साथ तेस्रो भएका थिए माधव नेपालले कांग्रेससँग गठबन्धन गरेर वाम आन्दोलनलाई धोका दिएको उनको गुनासो

आसन्न मंसिर को चुनावमा पनि नेपालले यो क्षेत्र छाडेर रौतहट जाने तयारी गरेको तथा ७४ जितेको हिसाबले अहिले स्वत: मापदण्डमा पर्ने भएपनि अहिले पनि टिकट गुम्ने भएपछि उनले पार्टी नै छाड्ने निर्णय गरेको निकट स्रोतले बताएको

 

सम्बन्धित समाचार