काठमाडौं, ११ असोज । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ता, चप्पललगायतका सामानको कारोबार धेरै हुने गरेका छन् ।
सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दशैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भीड छ । दशैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिक बजारमा भीड लाग्छ ।
न्युरोडमा सारी, कुर्था, टप्स् पसलमा काम गर्ने एक कर्मचारीले भने, “दशैँअगाडि एक हजारमा बिक्री गर्दै आएको टप्स् अहिले प्रतिपिसमा ५०० रुपैयाँ बढाई एक हजार पाँच सय रुपियाँ पु¥याएर प्रतिपिसमा २० प्रतिशत छुट भनिएको छ, यो मात्रै होइन, सारी र कुर्था पनि त्यस्तै छ ।’’ “बच्चाका कपडामा त अझ पहिलेभन्दा दोब्बरभन्दा बढी मूल्य वृद्धि गरिएको छ । ती सामान ‘फिक्स’ मूल्य भनेर सेलमा राखिएको छ । उपभोक्ता फ्रीमा पाएजस्तै गरी भीड लागेर पानी पिउन पनि पाइँदैन,” उनले थपे ।
यस्तै रञ्जना गल्लीमा जुत्ता पसलका काम गर्ने विनोद न्यौपानेले सकेसम्म सेल भनेर बिक्रीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिए। उनले भने, “सेल भनेका ठाउँमा धेरै ठूलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनुपर्छ, कि गुणस्तरमा समस्या हुन्छ कि मूल्यमा गडबड, त्यसैले सकेसम्म त्यस्तोमा सचेत हुनुपर्छ ।” भृकुटीमण्डपमा राखिएको जुत्ताचप्पलको छुट मेलामा दुई छोरासहित उत्साहित भएर जुत्ता किन्न आएका बद्री अधिकारी जुत्तै नकिनी फर्किए । मेलामा छुटमा जुत्ता पाइन्छ भन्ने समाचार सुनेर आएका उनले भने “जुत्ता मेलामा केको छुट हुनु? छुटका नाममा