इङल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी

19k Shares

काठमाडौं, १ असोज । इङल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी भएको छ ।
गए राति भएको अन्तिम एक दिवसीयमा इङल्याण्डलाई ३ विकेटले पराजित गर्दै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इङ्ल्याण्डले दिएको ३०३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो ।
अस्ट्रेलियाको जीतमा एलेक्स केरी र ग्लेन म्याक्सवेल दुवै जनाले शतकीय पारी खेले । केरीले १०६ रन जोड्दा म्याक्सवेलले १०८ रनको योगदान गरे ।
केरीको पहिलो एक दिवसीय शतक पनि हो । ७३ रन बनाउँदा ५ विकेट गुमाएको अस्ट्रेलियालाई केरी र म्याक्सवेले २१२ रनको साझेदारी गर्दै जित दिलाउन मद्दत गरेका थिए ।
इङल्यान्डका जोय रुट र क्रिस वार्कसले समान दुई दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको इङल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०२ रन बनाएको थियो ।

इङल्यान्डका ओपनर जोनी बेयरस्टोले शतकीय पारी खेलेका थिए । उनले ११२ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्स र एडम जाम्पाले तीन–तीन विकेट लिए । एजेन्सी

सम्बन्धित समाचार