स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई एक स्वर्ण र तीन रजत

31.6k Shares

काठमाडौं । किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीले १ स्वर्ण र ३ रजत पदक ल्याउन सफल बनेका छन् ।


किर्गिस्तानमा आयोजना भएको कुल १३ देशको सहभागिता रहेको सो प्रतियोगितामा दिपा विष्टले स्वर्णपदक ल्याउन सफल भएकी छिन् । उनले ७२ केजी आईबीपी सिनियर समूहमा स्वर्णपदक ल्याउन सफल हुनुका साथै स्ट्रेन्थ लिफ्टिङतर्फ रजत पदक ल्याउन सफल बनेकी हुन् । त्यस्तै, स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथिको आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रजत, ७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत ल्याउन सफल भएका थिए ।


अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो । स्वर्ण पदक र रजत पदक ल्याउने खेलाडीहरुलाई समाजसेवी तथा स्ट्रेन्थ लिफ्टिङका केन्द्रीय अध्यक्ष भरत महर्जनले आज भदौ ३० गते केन्द्रीय पदाधिकारीहरुले सम्मानित गरिएको थियो । 


सम्बन्धित समाचार