पूर्ण शाही, प्राकृतिक चिकित्सक
आधुनिक चिकित्सा विज्ञान अर्थात् एलोपेथिक उपचार पद्धतिका अनुसार ‘क्यान्सर एक प्राणघातक विराम हो’ । मानव शरीरको अंगमा क्यान्सर कोशिकाहरु (Cancer Cells) तेज गतिमा बढेर गाँठहरु (Tumors) बनाउँदछन् जुन शरीरको कुनै पनि अंग वा तन्तुहरूमा हुन सक्छ । जब सामान्य सेलहरु अनियन्त्रित रूपमा बढ्छन् भने त्यसलाई नै क्यान्सर भनिएको छ ।
जब क्यान्सर मूल ट्युमरबाट सरेर अन्य तन्तु र अंगहरूमा फैलिन्छ तब मात्र मानिसको ज्यान जान सक्छ । क्यान्सरको कारण विश्वभर वर्षेनी करौडौं मानिसहरुले ज्यान गुमाइरहेका छन् । सन् २०२० को तथ्याङ्क अनुसार पनि करिब एक करोड क्यान्सर पिडित मानिसको मृत्यु भएको उल्लेख छ । तसर्थ विश्वव्यापी रूपमा ‘क्यान्सर’ मृत्युको प्रमुख कारणहरु मध्ये दोस्रो नम्बरमा पर्दछ । फोक्सो, प्रोस्टेट, ठूलो आन्द्रा तथा मलाशय (कोलोरेक्टल), पेट र कलेजोको क्यान्सर पुरुषहरूमा हुने सबैभन्दा सामान्य प्रकारको क्यान्सर हो भने स्तन, ठूलो आन्द्रा तथा मलाशय (कोलोरेक्टल), फोक्सो, पाठेघर र थाइरोइड क्यान्सर महिलाहरुमा धेरै सामान्य छन् । तर, दैनिकरुपमा व्यक्ति, परिवार, समुदाय र स्वास्थ्य प्रणालीमा ठूलो शारीरिक, भावनात्मक र आर्थिक तनाव बढ़ाउँदै क्यान्सरको बोझ विश्वव्यापी रूपमा बढिरहेको छ ।
१. सामान्यतया क्यान्सरलाई ४ अवस्थाहरु (4 stages) मा वर्गीकरण गरिएको छ ः
प्रथम अवस्था (-First Stage)ः
यो प्रारम्भिक अवस्थामा क्यान्सर सेलहरुको बृध्दि एकदमै छिटो हुन्छ। तर जुन ठाउँमा उत्पन्न भयो त्यहीँ ठाउँमा सिमित रहन्छ ।
दोस्रो अवस्था ः यो प्रथम अवस्थाकै सेलहरुको आकार