प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप खतरामा

8.4k Shares

काठमाडौं– वायु, पानी र ध्वनि प्रदूषणपछि अब नयाँ खतरा बढ्दै गएको छ, त्यो खतरा हो प्रकाश प्रदूषण । प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोपलाई खतरामा पारेको छ। अन्तरिक्षमा नजर राख्ने विज्ञहरूले पनि यसबारे चेतावनी दिएका छन् । 

उनीहरू भन्छन्, ‘हाइड्रोजन ऊर्जा आयोजनाबाट निस्कने प्रकाश प्रदूषणले युरोपेली सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोपका लागि कठिनाइ बढाएको छ ।’

यस्तो अवस्थामा प्रश्न उठ्छ कि प्रकाशले उज्यालो दिने काम गर्छ, त्यसो भए प्रदूषण कसरी सृजना हुन्छ ? प्रकाश प्रदूषण के हो र यसले कसरी खतरा निम्त्याउँछ र यसको प्रभाव के हुन्छ ? यसको कारण पृथ्वीमा बढ्दो कृत्रिम प्रकाश हो । यो यति धेरै बढ्दै गएको छ कि रातको आकाशबाट सौर्य मण्डलका ताराहरू र घटनाहरू हेर्न गाह्रो भइरहेको छ । प्रकाश प्रदूषणले वेरी लार्ज टेलिस्कोपको दक्षता ३० प्रतिशतले घटाउन सक्ने विज्ञहरू बताउँछन् ।

टेलिस्कोपको क्षमता गुमाउँदा खगोलविद्हरूको लागि समस्या उत्पन्न हुन सक्छ। उनीहरूलाई सौर्य मण्डलका घटनाहरू हेर्न र बुझ्न गाह्रो हुन सक्छ किनभने टेलिस्कोपहरूले अन्तरिक्षमा देखिने परिवर्तनहरू र तिनीहरूको प्रभावहरूको भविष्यवाणी गर्न सजिलो बनाउँदछ तर प्रकाश प्रदूषणले भने त्यसबाट काम गर्न रोकिराखेको छ।

सम्बन्धित समाचार