काठमाडौं, २ ६ भाद्र । नेपालको राजनीतिमा प्रतिनिधि सभा निर्वाचन २०७९ निकै महत्वपूर्ण हुनसक्छ । यसकारण पनि यो चुनाव महत्वपूर्ण हुनसक्छ कि धेरै पाका नेताहरु सन्यासतर्फ धकेलिन सक्छन् ।
नेपाली राजनीतिको केन्द्रमा रहेका शिर्ष नेताहरुमध्ये अधिकांश ७० कटिसकेका छन् । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ८० को नजिक छन् । काँग्रेसका अर्का प्रभावशाली नेता रामचन्द्र पौडेल पनि ८० को नजिक पुगिरहेका छन् । यी दुई नेताका लागि यो चुनाव अन्तिम हुनसक्छ ।
काँग्रेसको विधानले दुईपटक भन्दा पार्टी सभापति बन्न नपाउने उल्लेख गरेको छ । देउवा १३औं र १४औं महाधिवेशनमा सभापति निर्वाचित भइसकेका छन् । अब उनका लागि तेस्रो कार्यकाल विधानले रोकेको छ । अबको ५ वर्षमा देउवा ८० कटिसक्छन् । पौडेल पनि ८० कट्नेछन् । यसकारण सम्भवत यो चुनाव दुवै नेताका लागि अन्तिम हुनसक्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० कटेका छन् । उनले विधान परिवर्तन गरेर पार्टी अध्यक्ष बन्न सके । तर, फेरि एमाले अध्यक्ष बन्न उनका लागि विधान परिवर्तन अनिवार्य हुन्छ । सम्भवतः स्वास्थ्य, उमेरहद र विधानका कारण ओलीका लागि यो चुनाव नै अन्तिम हुनसक्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ७० को नजिक छन् । उनका लागि भने यो चुनाव अन्तिम नहुनसक्छ । तर, माओवादीभित्र पछिल्लो पुस्ताका वर्षमान पुन, जर्नादन शर्मा जस्ता हस्तीले प्रचण्डलाई चुनौती दिन थालिसकेका छन्
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि ७० पुगेका छन् । उनका लागि पनि यो चुनाव अन्तिम हुनसक्छ । एसकै सम्मानित नेता झलनाथ खनाल पनि ७० कटिसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले यो