काठमाडौ क्षेत्र नं. ८ ‘ख’का लागि टिकट–बितरणमा ठूलो धनराशिको चलखेल

17.2k Shares

काठमाडौं । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ८ को ‘ख’ प्रदेशमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि योग्य र दक्ष उम्मेदवार चयन हुनु भन्दा मसल, मनि र पावरको खेल शुरू भएको गन्ध त्यस क्षेत्रमा आभाष हुन थाले को छ ।

प्रदेश ‘ख’ बाट प्रत्यक्ष मा ६ जना र समानुपातिक ९ जना प्रदेश ‘ख’ का लागि  प्रदेश कमिटीले सिफारिस गरेको छ, तर बिधान र केन्द्रको निर्देशिका अनुषरणबाट ३ जनाको प्रत्यक्ष र समानुपातिकमा महिलासहित कम्ती २ जना पठाउनु पर्ने निर्देशित गरेकोमा केही अंकाक्षीले ३ जनाको नाउ सिफारिस गर्ने प्रयत्न गर्दागर्दै पनि सहमति हुन सकेन ।

प्रदेश ‘ख’ कमिटीले निर्वाचन गराउनु पर्नेमा नेतृत्वले खासै प्रभाबकारी भुमिका प्रस्तुत नगरेकोमा प्रदेश ‘ख’ को  कार्य समितिका केहि सदस्यले बिरोध आभाष प्रकट गरे । उनी भन्छन् ३ जना प्रत्यक्षमा र समानुपातिक मा २ हुनु पर्ने मा आकाक्षी बढि हुँदा प्रजातान्त्रिक पद्यतिको बाटोमा अग्रसर पार्टीले निर्वाचन गराउनुपर्नेमा गराउन सकेन । 

प्रदेश ‘ख’ मा नागार्जुन न.पा को ४,५ वडा र काठमाडौ  महानगर को १५ वडा पर्दछ, नागार्जुन न.पा ४ बडाबाट प्रत्यक्षतर्फ रबिन सिंह बस्नेत, ५ बडाबाट प्रत्यक्ष तर्फ केदार मान्नधर र महानगर १५ बाट राजु खरेल, देबरत्न डंगोल, अमिन पाण्डे र दिपक गौतम सिफारिस गरेको छ । आगामी निर्वाचनमा गठबन्धनका कारण त्यस क्षेत्रमा जन–भावना चाहान बलियो भए को उम्मेदवार  चयन हुनुपर्ने त्यस क्षेत्र का सक्रिय कार्यकर्ताको चाहान रहेको बुझ्न सकिन्छ ।

तर बैशाखको स्थानीय निर्वाचनमा पनि केहि स्थानीय नेतृत्वले पैसाको लोभमा टिकट बितरण गरेको चर्चा फेरि हुन थालेको कांग्रेसी कार्यकर्ताहरुले बताउने गरेका छन् । हुन त ‘काग्रेश घर घर जाउ काग्रेसलाई जिताउ’ भन्ने अभियान कति प्रभाबकारी हुने बारे उम्मेदवार चयनले बताउने त्यस क्षेत्रका कार्यकर्ता बताउँछन । बिगतको स्थानीय निर्वाचनको टिकट बितरणमा भएको धनराशीको खेलको बारे काठमाडौका अग्रज नेपाली काग्रेसका नेता  प्रकाशमान सिंह क्याम्पमा समेत चर्चाको बिषय बनेको कार्यकर्ताहरु बताउछन् । 

राज्यमा नागरिकले परिवर्तन खोजि रहेको अवस्थामा उम्मेदवार चयनमा पारदर्शी नभए स्वतन्त्रको पक्षयमा जान सक्ने कांग्रेसी नेता तथा कार्यकर्ताहरुको अनुमान लगाउन थालिसकेका छन् । त्यसैले कांग्रेसका नेतृत्व तहका शिर्ष नेताहरुलाई सजक र सतर्क रहन काठमाडौंका कांग्रेसी कार्यकर्ताहरुले खबरदारी गरेका छन् ।


सम्बन्धित समाचार