अप्रत्यासित रुपमा बढेको डेङ्गोबाट बच्न सजग होऔं

19.6k Shares

 

डा. कमल राज थापा

वरिष्ठ छाती रोग तथा आईसीयु स्पेसलिष्ट, सुमेरु अस्पताल, धापाखेल

पछिल्लो समय  डेङ्गो रोग काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको वरिष्ठ छाती रोग तथा आईसीयु स्पेसलिष्ट डाक्टर कमल राज थापा बताउनुहुन्छ  विशेष गरी लामखुट्टेबाट सर्ने भएका कारण यस रोगबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु नै हो   लामखुट्टे विशेषगरी पानी फोहोरमा बस्ने भएका कारण घर वरीपरी घरायसी प्रयोजनका विभिन्न भाडामा लामो समयसम्म पानी नराख्ने, घर वरीपरी सफा राख्ने, पानी ट्याङ्की, सेफ्टी ट्याङ्की खुल्ला नराख्ने, बाहिर हिड्नुपर्दा फुल लुगा लगाएर हिड्ने आदि सावधानी अप्नाउनुपर्ने डा. कमलराज थापा बताउनुहुन्छ  डा. थापास डे·ोको बारेमा खोजतलासले गरेको संक्षिप्त कुराकानी

डेङ्गो रोग कस्तो खाले रोग हो ?

डेङ्गो भनेको लामखुट्टेबाट सर्ने एक प्रकारको भाइरल रोग हो  यसको सुरुवाती १७ औं शताब्दीमा ब्राजिलतिर यसको सिमटम देखिएको हो  १९१५ तिर फिलिपिन्स, थाइल्याण्डलगायतका साउथ इस्ट कन्ट्रीतिर देखिन थालेको हो  ती कन्ट्रीहरुमा सिभियो डेङ्गोको सिम्टम देखिएर त्यतिखेर पत्ता लागेको थियो  नेपालमा चाहिँ २००४ मा पहिलोपटक डेङ्गोको विरामी पत्ता लागेको थियो  त्यतिबेला हामीलाई के लाग्थ्यो भने डेङ्गो भन्ने रोगचाहिँ भारत बंगलादेशमा मात्रै हुने भन्ने लाग्थ्यो तर तराईमा यो रोग देखियो  त्यतिबेला काठमाडौंको तापक्रमका कारण पनि लामखुट्टेहरु त्यति नदेखिने भएका कारणले डेङ्गो नदेखिएको हुन सक्छ  दुई तिन वर्ष अगाडि २०१९ मा डेङ्गो काठमाडौंमा पहिलो पटक देखियो  तर, अहिलेको अवस्थामा हेर्ने हो भने काठमाडौं उपत्यकाको अस्पतालहरुमा डेङ्गोका विरामी नभएको कहिँ छैन होला जस्तो लाग्छ 

डेङ्गो रोग लामखुट्टेकै कारणले मात्र लाग्ने हो अन्य कारण पनि हुन्छ ?

डेङ्गो एक प्रकारको ज्वरो ल्याउने भाइरस हो  यो चाहिँ लामखुट्टेबाट मान्छेबाट लामखुट्टेमा जाने हुन्छ ह्युम्यान टु मस्कुटो, मस्कुटो टु ह्युम्यानयसरी डेङ्गोको भाइरस मान्छेमा आउने गर्छ  जुन एडिज भन्ने लामखुट्टे हुन्छ त्यो लामखुट्टेले दिउँसोको समयमा टोक्ने गर्छ, यसले राती टोक्दैन  विशेष गरी बिहान बेलुकी यसले टोक्ने गर्छ  त्यो लामखुट्टे कालो सेतो धर्सा भएजस्तो अन्य लामखुट्टेभन्दा अलि ठूलो हुन्छ  यही लामखुट्टेले टोकेको अवस्थामा डेङ्गो लाग्ने सम्भावना हुन्छ  यो लामखुट्टेले धेरै मानिसहरु इन्फेक्टेड भइरहेका हुन्छन्  त्यसको कारण दुईतिनवटा छन्, त्यो लामखुट्टेले एक व्यक्तिलाई टोक्यो, तर त्यसले पूरै मात्रामा टोकेर रगत चुसेको हुँदैन, फेरि त्यसले अर्को मानिसलाई टोक्न पुग्छ त्यो मान्छेलाई पनि पुरै नटोकी कम रगत चुसेको हुन्छ  यसरी एउटै लामखुट्टेले आठदश जनासम्म टोक्न भ्याएको हुन्छ  यसरी प्रत्येक व्यक्तिलाई टोक्दै टोक्दै जाने गर्छ  यसरी लामखुट्टेले टोक्दाखेरी हाम्रो शरीरमा डेङ्गो भाइरस छिर्ने भयो  डेङ्गो भाइरस हाम्रो शरीरमा छिरेपछि केही समय फैलँदै जान्छ त्यो समयलाई हामीले इन्क्लुभेसन पिरियड भन्छौं  त्यो लामखुट्टेले टोक्ने वित्तिकै डेङ्गोको सिम्टम देखिँदैन  लामखुट्टेले टोकेको चारदेखि दिनपछि डेङ्गो भाइरसको नम्बर बढ्दै गई लक्षणहरु देखा पर्न थाल्छ 

लक्षणहरु के कस्ता हुन्छन् ?

डेङ्गोको मुख्य लक्षण भनेको उच्च ज्वरो १०३, १०४ सम्म आउनु हो भने अर्को आँखाभित्र दुख्ने, शरीर कटकटी खाने यो चाहिँ सुरुवाती लक्षण हो  त्यसको अलवा शरीरभरी राताराता साना बिमिराहरु जस्तो दागहरु देखिने हुन्छ  यसका साथसाथै सामान्यतया हामीले तिन हिवासमा डिभाइड गर्छौं, एउटा सामान्य डेङ्गोको फिभर, डेङ्गो हेमोरेजिक फिभर अर्को डेङ्गो सप्सीन्डोम फिभर भन्छौं डेङ्गोको यिनै लक्षणहरु हुन्  डेङ्गोको विरामीलाई यस्तो भएको अवस्थामा पाँच सातदिनमा ठिक भएर जान्छन् खासै समस्या आउँदैन  यो चाहिँ हजारौं डेङ्गो लागेका विरामीमा सयदेखि सय ५० जना बिरामीमा यस्तै फिभर आयो गयो हुन्छ दोस्रो क्रिटिकल फेजमा जाँदैन  बाँकी रहेका केही बिरामीहरु एक हजारमा ३०४० जनालाई सिभियर फेजमा लान्छ, सिभियर फेजलाई नै हामी क्रिटिकल फेज भन्छौं हामी  सिभियर फेजमा गएका विरामीमा वाकवाक आउने, वान्ता आउने, स्वासप्रश्वासमा समस्या आउने, फोक्सो बाहिर पानी जम्ने, पेटमा पानी जम्ने, कलेजोलाई असर गर्नेलगायतका असरहरु देखा पर्नसक्छ  प्लेटलेग भन्ने रगतको एउटा सेल हुन्छ जसले हाम्रो रगतलाई जमाउने काम गर्छ  त्यसलाई घटाउँदै घटाउँदै लाने हुन्छ बिरामीको जहाँबाट पनि ब्लीडिङ हुनसक्छ  जस्तो ब्रस गर्दा दाँतबाट ब्लीडिङ हुने, दिशापिसाव ब्लीडिङ हुने सम्भावना रहन्छ 

डेङ्गो विरामीको उपचार विधि चाहिँ के होला ?

डेङ्गोको कारण आउने ज्वरो भाइरल ज्वरो भएका कारण यसलाई हामी सामान्य हिसावले उपचारविधि अप्नाउँछौं  ज्वरो आएका विरामीलाई सामान्य प्यारा सिटामोल दिने गर्छौं  हामीले भन्नै पर्छ यस्तो अवस्थाका विरामीलाई एनासेस भन्ने ब्रुफिन भन्ने औषधी दिनु हुँदैन, किनकी ब्लीडिङको रिक्स एकदमै हाई हुन्छ  हामीलार्ई ज्वरो आयो भनेर ब्रुफिन, निम्स दिनै हुँदैन  बरु ज्वरो उच्च आयो भने सय एमजीको प्यारा सिटामोल दिनमा दुई÷तिन पटक दिएको भने त्यसलाई मात्रा बढाएर चारपटकसम्म दिन सकिन्छ  अर्को भनेको चाहिँ पानीको मात्रा एकदमै कम हुन्छ, उच्च ज्वरोका कारण शरीरमा पानीको मात्रा कम हुन्छ, मुख सुक्छ, जिब्रो सुख्खा भयो, पिसाव कमी भयो भने पानीको मात्रा बढाउनुपर्छ  कसैकसैलाई अस्पताल भर्ना गराएरै सल्यान पानीसमेत दिने गर्छौं  ज्वरो कन्ट्रोलमा ल्याउनलाई हामीले सुईबाट प्यारो सिटोमोल पनि दिने गर्छौ  त्यसको अलवा वाकवाक धेरै भयो भने वाकवाक रोक्ने औषधी दिनसक्छौं प्लेटलेटले कहिँ केही मात्रामा मेवाले केही मात्रामा शरीरमा पानीको मात्रा बढाउछ भन्ने अध्ययनले

सम्बन्धित समाचार