पर्सा । नेपाल सरकारले विशेष गरी नेपाल प्रहरीलाई नाकामा हुने गरेको राजश्वम चुहावट र अवैध चोरी पैठारी नियन्त्रण गर्ने जिम्मा दिएपनि नेपाल प्रहरीले त्यसको ठीक विपरित अवैध कारोबार गर्ने कारोबारीहरूसँग साँठगाँठ गरी आर्थिक संकलनतर्फ केन्द्रित रहेको पाइएको छ ।
पर्साको मिर्जापुर प्रहरी चौकी इन्चार्ज जितेन्द्र यादवले तस्करहरुलाई संरक्षण दिई लाखौंलाख असुली गरिरहेको खबर प्राप्त भएको छ । सिमानाकामा हुने गरेको अवैध चोरी पैठारीमा बोडर नाकमा खटेका नेपाल प्रहरीले तस्करसँग महिनवारी बुझी तस्करी धन्दालाई सहज बनाइदिएको छ । पर्सा जिल्लाको ग्रामीण भेगमा पर्ने मिर्जापुर, भलुवहीया नाका हुँदै नूनदेखि सुनसम्मको तस्करी गर्न पाएपछि तस्करी र प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक यादव मालामाल भएका छन् । एनि हाउ पैसा कमाउ भन्ने उखानमा प्रहरी सहायक निरीक्षक यादव तस्कर समुहहरूसँग लाखौ लाख रूपैया नजराना बुझी तस्करी लाइन सुचारु गरेका हुन् । मिर्जापुर, भलुवहीया खुल्ला सिमानाकाको फाइदा उठाउदै तस्करहरुले नेपाल प्रहरीलाई आर्थिक प्रलोभनमा पारी सो सिमानाकामा पर्ने भारतीय बजार सीमावती शहर मैनाटाडबाट अवैध रुपमा भन्सार छली रातिको समयमा नेपालमा अभाव भएको ईलेक्ट्रोनिक पार्ट्स, लत्ताकपडा, गाडीको पार्ट्स, हार्डवेयर, ब्याट्री, मोबाइल, काजु, किसमिस, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा, चिनी , आलु , प्याज, खाने तेल, चपल, खसी बाख्रा, रांगा, भैंसी सामानहरु भारतबाट नेपालतर्फ भित्र्याउने गर्छन् भने नेपालबाट भारततर्फ केराउ, मरिच, छोहडा, खुकुरी सिगरेट, कवाडको तस्करी भइरहेको स्थानीयको आरोप छ ।
पर्साको सबै सिमा नाका बन्द भएपछि पर्साको नामुद तस्करहरुले प्रहरी चौकी मिर्जापुरको इन्चार्ज प्रसनि जितेन्द्र यादवको सहयोगमा छिपहरमाई गापाको मिर्जापुर, भलुवहीया सिमानाका प्रयोग गरी लाखौं लाखको तस्करी भइरहेको श्रोतले बतायो ।
नेपालबाट भारतमा प्रहरी कै सहयोगमा रक्सी मदिराको तस्करी हुँदै आएको स्थानीयले बताएका छन् । पर्साको सबै सिमा नाका बन्द भए पनि मिर्जापुर, भलुवहीया सिमानाकाबाट प्रहरीको सहयोगमा प्रत्येक दिन रातिको समय मा ३० देखि ४० हजारसम्मको मदिराको तस्करी भइरहेको सूचना प्राप्त भएको छ । मिर्जापुर चौकीको एरियामा धेरै रक्सी बेच्ने पसल संचालनमा छन् तर रक्सी पसलको साहुले प्रसनि यादवलाई नजराना दिँदै चलाइरहेको श्रोतको दाबी छ । त्यहा भारतको धेरै ठाउँबाट मान्छेहरु सिमानाका लक भएपनि रक्सी खान आउने गरेका छन् । संचालनमा रहेको सबै रक्सी पसलको साहुसँग हरेक महिना १००० हजार रुपैयाँ र रक्सीको तस्करसँग हरेक महिना प्रति व्यक्ति १५ सयको दरले उठाउने गरेको स्रोतले जनाएको छ । श्रोतका अनुसार तस्करहरुले साइकल, मोटरसाइकल, पैदल टाउकोमा राखी बोर्डर कटाउने गरेका छन् । सो वापत साइकलमा तस्करी गर्नेसँग प्रति महिना २ हजार रुपैयाँ र मोटरसाइकलबाट तस्करी गर्नेसँग प्रति महिना ५ हजार रुपैया, भैंसी तस्करसँग प्रति भैंसी १ हजार रुपैया , राँगाको प्रति राँगा २ सय रुपैया, खसीबाख्राको प्रति गोटा १०० रुपैयाँ र ड्युटीमा रहेका प्रहरीहरुलाई रिचार्ज खर्च दिने चलन रहेको छ ।
सीमा नाकामा सशस्त्र प्रहरीको निगरानी बढेपनि प्रहरी चौकी मिर्जापुरको इन्चार्ज प्रहरी सहायक निरीक्षक यादवको इशारामा स्कटिङ्ग समेत गर्ने गरेको बताइन्छ । मुलुकलगायत विश्व व्यापी फैलिएको कोरोना भाइरस महामारीको समयमा प्रहरी सहायक निरीक्षक यादव आफ्नो मनोमानी पाराले लाखौं लाख रकम बुझी तस्करीको लाइन सुचारू गरेका हुन् । श्रोतका अनुसार सहायक निरीक्षक यादव विभिन्न किसिमका समाग्री नेपाल र भारतबाट अबैध रूपमा आयात निर्यात गर्ने तस्कर गिरोहसँग रकम लिएर कार्य सुचारू गरेको बताइएको छ । उनले माथिल्लो निकायकै ईशरा पाए पश्चात् प्रहरी चौकीलाई कमाइ खाने भाडो बनाएको बताए । रातिमा गस्तीको नामले आफै खटिने गरेको र सशस्त्र प्रहरीको ड्युटीको बिषयमा समेत तस्करलाई खबर गर्ने गरेको बताए । राती मात्र नभइ दिउँसो पनि तस्करीको लाइन सुचारू भएको एक जना स्थानियले बताएका छन् । मिर्जापुर चौकीबाट खटिने प्रहरी जवानहरुले नेपालमा नपाएर हाहाकार मच्चिएको बेला किसानले ल्याएको एक बोरा मल मा १०० रुपैयाँ उठाउँने गरिरहेको खबर प्राप्त भएको छ । प्रहरी सहायक निरीक्षक यादवले सशस्त्र प्रहरीले खटेको बिषयमा तस्करलाई जानकारी गराउँदै तस्करी गराउन सफल भएका छन् ।
प्रसनि यादवको पर्सा जिल्लामा नै घर भई पर्सा जिल्लाको प्रहरी चौकी मिर्जापुरमा कार्यरत छन्, प्रसनि यादवको घर ५ किलो मिटर पनि टाडा छैन, त्यो कारणले गर्दा नाता गोता, आफन्तजन र सबै तस्करसँग साँठगाँठ भएको हुनाले यो नाकाबाट यादवको संरक्षणमा तस्करी खुब चलिरहेको स्थानियले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोलीका इन्चार्ज प्र .नि .रविभुषण यादव सँग जात भाईको नाता र राम्रो साँठगाँठ भएको हुनाले उनी बच्दै आएको छन् । प्रसनि यादवले तस्करलाई धाक धम्की देखाउँदै आफू क्राइम इन्चार्ज रविभुषण यादवको खास मान्छे बताउँदै उनको नाममा पनि ४० देखि ५० हजार रुपैयाँ असुलीरहेको नाम नखोल्ने सर्तमा एक जना तस्करले बताएको छ । मिर्जापुर, भलुवहीया नाकामा तस्करी चम्केको समाचार पटक पटक सञ्चार माध्यममा आएपनि कुनै रोक नलगाई तस्करी धमाधम भइरहेको स्रोतले जनाएको छ र प्रहरी प्रमुख गंगा पन्तको नजर किन त्यतातर्फ नगएको प्रश्न उठ्न थालेको छ । यस्ता गैर जिम्मेवार व्यक्तिहरुले गर्दा पूरै प्रहरी सङ्गठन नै बदनाम हुँदै आएको छ र प्रहरी सहायक निरीक्षक यादवमाथि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक भइसकेको छ ।