ललितपुर । ललितपुर जिल्ला खेलकुद बिकास समितिमा बिनोद महर्जनले नेतृत्व लिएपछि ललितपुर खेलकुदमय बनेको छ ।
ललितपुर जिल्ला खेलकुद विकास समितिको महर्जनले अध्यक्षको जिम्मेवारी लिएपछि दिनरात नभनी दैनिकि खेलकुद गतिविधि मै बिताउने गरेका छन् ।

ललितपुर जिल्ला खेलकुद बिकास समिति अध्यक्षको जिम्मेवारी लिएपछि बिनोद महर्जनको ललितपुरलाई कसरी हुन्छ खेलकुदमय बनाउने सोचका साथ अगाडि अगाडि बढिरहेको महर्जनले गरेको दैनिकि खेलकुद गतिविधिको चिन्तन र कार्यक्रमहरुले पुष्टि गर्दै गइरहेको छ । महर्जन जिल्ला खेलकुद अध्यक्ष भएर आए लगत्तै ललितपुर जिल्लामा खेलकुद गतिविधि ब्यापक रुपमा बढ्न थालेको छ । अध्यक्ष महर्जनले खेलकुद क्षेत्रमा लागेर खासै आफ्नो भविष्य नभएको भन्दै निष्क्रिय भएर बसेका खेलाडीदेखि लिएर पुराना गुरुहरुलाई राष्ट्रले समेत सम्बोधन गर्न नसकेका उहाँहरुको प्रतिस्ठाको निमित्त सम्मान गर्ने स्वयम् आफैले भेटेर हौसला बढाउने कार्य गर्दै आईरहेका छन् ।

सोही कारण यतिखेर पुराना गुरुहरु फेरि सक्रिय रुपमा लागेर पुन प्रशिक्षण गराउने कार्यमा लागिपरिसकेका छन् । अध्यक्ष महर्जन बिभिन्न प्रतियोगितामा आफै सहभागी भएर खेलाडीहरुको मनोबल बढाउनुका साथै खेलाडीहरुलाई आफ्नै सक्रियतामा डाइटको ब्यबस्था गरिदिने कार्य गर्दै आईरहेको छ । अध्यक्ष महर्जनको यस्तो उदाहरणीय कार्यका कारण ललितपुर जिल्लाभरी निकै नै पंशंसा बटुल्दै आइरहेका छन् । अध्यक्ष महर्जनलाई उनका गुरु खेलकुद जगतका हस्तिको रुपमा परिचित राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष कराते खेलका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले साथ दिँदै आई रहेका छन् । मीनकृष्ण कै पहलमा अध्यक्ष बिनोद ललितपुर जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष भएका हुन् । अध्यक्ष महर्जन किकबक्सिङ पुर्ब राष्ट्रिय च्याम्पियन समेत हुन् । अध्यक्ष महर्जनले २००६ मा बैंककमा सम्पन्न बिश्व किकबक्सि च्याम्पियनसिपमा पहिलो राउन्डमा कोरियाका खेलाडी पराजित गर्दै दोस्रो राउन्डमा भेतनामका खेलाडीलाई पराजित गर्दै क्वाटर फाईनलमा थाईल्यान्डका खेलाडीबाट पराजित भएपछि मेडल ल्याउनबाट बन्चित भएका थिए ।