16.6k
Shares
काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा। युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो ।
गौतमलाई अब राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नेछिन् । गौतमलाई गत फागुन १४ गते राष्ट्रियसभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो । भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यही निर्णय कार्यान्वयन गर्ने सोच बनाएको जानकारी गराएका थिए ।