काठमाडौं, ५ जेठ । भोजपुर, आमचोक गाउँपालिका-९ बेगुवा बेल्टार बस्ने बउचा नेवारकी छोरी १६ वर्षीया तेज कुमारी नेवार सोही ठाउँस्थित दुध कोशी नदीमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरास्थित कोशी नदीको भंगालोमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख, भगवतीमाई गाउँपालिका-३ सानतडास्थित गोरेटो बाटो तल सोही गाउँपालिका-३ मेहेलतोली बस्ने २१ वर्षीय निम बहादुर चन्द आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाजुरा, बडीमालिका नगरपालिका-२ घाघरा बस्ने ६० वर्षीय रूपजंग कार्की सोही ठाउँस्थित गोरेटो बाटो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-९ खल्लास्थित महाकाली नदीको किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, घोडाघोडी नगरपालिका-१२ वनवासास्थित कान्द्रा नदीमा बाँके राप्तीसोनारी
गाउँपालिका-४ बस्ने २७ वर्षीय दिपेन्द्र थारू सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ फलफुल चोकस्थित नवलपुर अस्पताल
पछाडि हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा
फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।