ठेचोको बाह्र वर्षे जात्राको बारेमा हल्लाको पछि नलाग्न गुठीको नाइके मालीको भनाई

18.4k Shares

ललितपुर । बेग्लै पहिचानसहितका झण्डै सात सय वर्ष अगाडिदेखि मनाउँदै आएको गोदावरी नगरपालिका वडा नं. १२ ठेचोको बाह्र वर्षे जात्रा गत साउन १० गते गथामुग पुजाको दिनबाट सुरु भएको छ ।


नेपालीले मात्र नभई विश्वमै बेग्लै दृष्टि र महत्वका साथ हेर्ने गरेको ठेचोको बाह्र वर्षे जात्राको बारेमा नवदुर्गा गुठीका नाइके भक्तलाल मालीले पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुमाझ प्रेस विज्ञप्ति जारी गर्दै बाह्र वर्षे जात्राको बारेमा जानकारी गराएका थिए ।


समाजिक सञ्जालमा गोदावरी नगरपालिका वडा नं. १२ ठेचोमा प्रत्येक बाह्र वर्षमा मनाउँदै आएको बाह्र वर्षे मेत्राका बारेमा नचाहिँदा हल्लाहरुको पछि नलाग्नसमेत पत्रकार सम्मेलनमा गुठीका नाइके मालीले जानकारी गराएका थिए ।


सो पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पत्रकारहरुमाझ झण्डै सात सय वर्ष अगाडिदेखि मनाउँदै आएको यो बाह्रवर्षे मेलाई निरन्तरता दिनको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी गराएका थिए ।


ठेचोको बाह्र वर्षे मेलालाई मात्र नभएर गोदावरी नगरपालिकाभित्र पर्ने ऐतिहासिक सम्पदा, संस्कृत र सदियौं दिनदेखि मनाउँदै आएको परम्पराहरुलाई संरक्षणको लागि विभिन्न अक्षयकोषहरु खडा गरी संरक्षण गर्दै आइरहेको पनि जानकारी गराएका थिए ।
सो पत्रकार सम्मेलनमा नवदुर्गा भवानी देवी गुठीको बाह्र वर्षे मेलाको बारे जारी गरेको प्रेस विज्ञप्ति


सम्बन्धित समाचार