दल दर्ता गर्न एमाले आज निर्वाचन आयोग जाँदै

16.7k Shares

काठमाडौं, २४ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागिताका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदैछ ।

एमाले निर्वाचन विभागका अनुसार साढे १२ बजे उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता निवेदन लिएर आयोग जाने भएका हुन् ।

निर्वाचन आयोगले साउन २२ गते देखि साउन ३१ गतेसम्मका लागि यसअघि दल दर्ता गर्न आह्वान गरेको थियो ।

सम्बन्धित समाचार