तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

19k Shares

काठमाडौं, २४  साउन । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि बढेको छ । 

मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । 

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ कायम भएको छ। सोमबार भने छापावाल सुन ९६ हजार ३०० र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार भने चाँदी १ हजार २०५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

सम्बन्धित समाचार