करेन्ट लागेर मृत्यु

6.9k Shares

काठमाडौं, ३० असार । झापा, बिर्तामोड नगरपालिका-१० पथरभिट्टा बस्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै निर्माणाधीन घरमा पानी हाल्नको लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देही, गैडहवा गाउँपालिका-६ लोधपुरवा बस्ने २५ वर्षीय अनिल प्रसाद मौर्यको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको टेबल पंखामा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार