16.5k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा १४१ महिला र २९९ पुरुष, भक्तपुरमा महिला २८ र १५ पुरुष, ललितपुरमा ११ महिला र १८ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना गरी ५९७ कोरोना संक्रमित थपिएका थपिएका थिए । शनिबार काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा देशभर एक हजार १७० कोरोना संक्रमित थपिएका छन्