बाँकेमा दम्पती मृत फेला, हत्याको आशंका

15k Shares

काठमाडौँ,  १० साउन । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान दम्पती मृत फेला परेका छन् । 

प्रहरीका अनुसार पत्नी मञ्जु गडरिया घरभित्र र पति कृष्ण गडरिया घर बाहिर मृत भेटिएका हुन् । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

‘चुँडिएको डोरी भेटिएको छ, घटनास्थल रगताम्य देखिएको छ, संघर्ष गरेको देखिन्छ’, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले मंगलबार बिहान नेपालखबरसँग भने, ‘उनीहरूको हत्या भएको देखिन्छ ।’ मृतक दम्पतीको शरीरमा चोट देखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार