प्रथम राष्ट्रिय खुल्ला स्ट्रेन्थलिफ्टी· तथा आईबीपी प्रतियोगिता सम्पन्न

23k Shares

काठमाडौं । प्रथम राष्ट्रिय खुल्ला स्ट्रेन्थलिफ्टीङ्ग तथा इनक्लाइन बेन्चप्रेस प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असार ३२ र साउन १ सम्पन्न भएको छ । सो प्रतियोगितामा १ सय ५० जना भन्दा बढी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।


सो प्रतियोगिताको औपचारिक उद्घाटन प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको अतिथ्यतामा रिबन काटी खेलको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम सम्पन्न भएपछि पहिलो दिनको खेलमा क्रमशः पुरुष वजन समूह ५२, ६०, ६८, ७६, ८५ र ८५ प्लस केजी तौल समूहका खेलाडीहरु खेलेका थिए ।


त्यस्तै, साउन १ गते भएको दोस्रो दिनको खेलमा महिलातर्फ ५८, ६५ र ६५ प्लस केजी तौल समूहका साथै ४० वर्षभन्दा माथिका उमेरसमूहमा ६८ र प्लस ६८ केजी तौल समूहका खेलाडीहरुको प्रतिस्पर्धा भएको थियो ।


यसै प्रतियोगिताबाट समग्रमा प्रथम स्थान हासिल गर्ने पुरुष तथा महिला खेलाडीलाई नेपाल स्ट्रेन्थलिफ्टीङ्ग फेडेरेसनले किर्गीस्थानमा हुन गइरहेको नवौं वल्र्ड च्याम्पियनसिप प्रतियोगिताको लागि नेपालको तर्फबाट सहभागिता गराउने भएको छ । सो प्रतियोगिताको लागि छनौट हुन सफल भएका महिलातर्फका च्याम्पियन अफ च्याम्पियन दिपा विष्ट र पुरुषतर्फ च्याम्पियन अफ च्याम्पियन शैलेन्द्र कसौधन भएका हुन् ।


समापन समारोहा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र नेपाल स्ट्रेन्थलिफ्टीङ्ग फेडेरेसनका केन्द्रीय अध्यक्ष भरत महर्जनले विजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडलद्वारा पुरस्कृत गरेका थिए ।



सम्बन्धित समाचार