नेपाललाई २ सय रनको लक्ष्य

17.9k Shares

काठमाडौं, ३२ असार । आईसीसी विश्व क्रिकेट लिग टू अन्तरगतको खेलमा नामिबियाले नेपालसामु जितका लागि २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अलआउट भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाका लागि कप्तान जेरहार्ड इरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए । ७० बलमा उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै डेभिड विसीले रन आउट हुनअघि ३४ तथा ओपनर डिभान ला कक र जेजे स्मिटले समान २७-२७ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए ।

सम्बन्धित समाचार