13.7k
Shares
काठमाडौं, २७ असार । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन् ।
संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका विषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन् ।
उनले गठबन्धनबीचको चुनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे । गुरुङले राष्ट्रिय र प्रजातन्त्रलगायतका विषयमा विगतमा गरेको गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन नसक्ने तर्क गरे ।