19k
Shares
जोहानेसबर्ग । नेल्सन मन्डेलाकी नातिनी जोलेका मन्डेलाको क्यान्सरका कारण ४३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारको प्रवक्ताले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
नेल्सन मन्डेला फाउन्डेसनले पनि एक वक्तव्य जारी गर्दै जोलेकाको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सन् २०१० मा उनकी छोरी १३ वर्षीया जेनानीको कार दुर्घटनामा निधन भएको थियो ।