18.7k
Shares
बाँके । बाँकेको नेपालगञ्जमा ससुराबाट ज्वाँईको हत्या भएको छ । श्रीमती लिन ससुराली पुगेका नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी २३ वर्षीय शत्रुहन रैदासको उनकै ससुरा नरेश चमारले कुटपिट गरेपछि उपचारका क्रममा ज्यान गएको हो ।
ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा ज्वाँई शत्रुहनको मृत्यु भएको हो ।
घटनामा संलग्न ससुरा चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।