फोहोर व्यवस्थापनको जिम्मा मलाई दिइयोस् : रामवीर

18.7k Shares

काठमाडौं, २७ जेठ । नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन माग गरेका छन् ।

उनले आफू पनि महानगरपालिकाको मेयरको आकांक्षी भए पनि नपाएको उल्लेख गर्दै संसदले आफ्नो नेतृत्वमा फोहोर व्यवस्थापन समिति बनाए काम गरेर देखाउने बताए ।

“फोहोर व्यवस्थापन गर्न सक्ने मै हुँ, मेयरको लागि म पनि आकांक्षी थिएँ, हुन सकिन । संसदले मेरो अध्यक्षमा फोहोर मैला व्यवस्थापन समिति गठन गरोस् । फोहोर मैला व्यवस्थापन गर्न सक्ने मै हुँ समिति बनाओस् । यो व्यवस्थापन मैले गर्न सक्छ,” संसदको बैठकमा उनले भने ।

सम्बन्धित समाचार