20k
Shares
काठमाडौं, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
उनले सरकारमा रहेका दलहरु वामपन्थी नरहेको उनको टिप्पणी छ । ओलीले स्थानीय निर्वाचनमा सिटका हिसावले एमाले दोस्रो दल भए पनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दाबी पनि गरे ।
कुनै सिद्धान्त, विचारविना नै ६ दलले एमालेलाई हराउन नै गठबन्धन गरेको उनले बताए । ओलीले आगामी निर्वाचनमा एमाले बहुमतका साथ विजयी हुने दाबी गरे ।