नेपाली साँगितिक दुनियामा आफ्नो फरक पहिचान बनाउँन सफल भट्टको शब्द तथा संगित रहेको एल्बम ‘सुनमाया’ यसै साता सार्वजनिक गरिएको छ । जसमा स्वर रहेको छ रबि ओड र बेनिसा पौड्यालको भने निर्देशन रहेको छ देबेन्द्र पाण्डेको ।
केहि समय अगाडि मात्रै भट्ट कै शब्द रचनामा रहेको “गाँउले ठिटोूमा महानायक राजेश हमालको स्वर तथा अभिनय रहेको थियो ।
धेरै दर्शक तथा श्रोताको मन जित्न सफल गाँंउले ठिटोमा बिदेसिएका युवा आफ्नै देश फर्की कृषी ब्यबसायमा सफलता हासिल गरेको कथा चित्रण गरिएको छ ।
त्यसो त भट्ट यो क्षेत्रमा निकै नै संघर्ष गरेर आउनु परेको अनुभव बताउंछन् । २०६० सालमा जब एस.एल.सी. पास भएर उच्च शिक्षाको लागि काठमाडौ आएँ आफ्नो सानैदेखिको रूचि, डान्स कक्षाको तालीम लिन थाले । २०६१ सालदेखि २०६९ सालसम्म बिभिन्न म्यूजÞिक भिडियो र चलचित्रका गीतहरूमा कोरस डान्सरको रूपमा काम गरे, त्यसको लागि पनि धेरै नै संघर्ष गर्नुपरेको बताउँछन् । कोरस डान्सरको लागि ग्रुप लिडरहरूको छुट्टा छुट्टै समूह हुन्थ्यो । आफुलाई पनि सुटिङंमा लैजान धेरै ग्रुप लिडरहरूसँग हात जोड्नु परेको र कयौं गीतहरूमा पारिश्रमिक बिना नाच्नुपरेको बताउछन् । त्यसो त कयौं सुटिङमा चिउरा दालमोठ कै भरमा दिन बिताउनुपरेको र सुटिङ सकिएपछि बागबजारमा ल्याएर गाडिले छाडे पछि रातको ११÷१२ बजे पनि हिँड्दै आफ्नो डेरासम्म जानुपरेको बाध्यता झेलेको उनी बताउँछन् ।
केहि बर्ष जापानमा रहि उच्च शिक्षा हासिल गरेर फर्किएका भट्ट पुन साँगितिक क्षेत्रमा निरन्तरता दिईरहेका छन् । गत बर्षको अत्यधिक चर्चित तिज गित प्रिति आलेको स्वरमा रहेको तिजको लरिलैमार्फत उदाएका भट्टले निरन्तर आफ्नो सिर्जनाहरू प्रकाशित गर्दै आएका छन् ।
गरिमा फिल्मस् युटुव च्यानलमार्फत प्रकाशित भट्टका सिर्जनाहरू तिजको लरिलै, (मेल फिमेल भर्सन) पछ्यौरी सलको, गाँउले ठिटो, सुनमायाँ छन् भने प्रमोद खरेलको आवाज रहेको एल्बम दोसाँध छिट्टै आउने तयारीमा छ ।
तिता मिठा संघर्षहरूसँग जुध्दै खेल्दै आएका भट्टसँंग हाम्रो प्रश्न थियो, गीत संगितबाट फाईदा हुँदैन लगानी किन गर्नुहुन्छ.?
उनी भन्छन्, संगित बिनाको जिबन हुन सक्दैन संगित मेरो रूचि हो, आफ्नो रूचिको अगाडि फाईदा र बेफाईदा हेर्नु उपयुक्त हो जस्तो लाग्दैन, जबसम्म सरस्वती माताको आशीर्वाद र गीत संगितप्रतिको मेरो रूचि यथावत रहन्छ तबसम्म सांगितिक क्षेत्रमा निरन्तर लागिनै रहन्छु ।