नेपाल वायुसेवा निगम सुधारको बाटोमा

19.9k Shares

कुनैपनि वायुसेवा कम्पनीको उन्नतिको लागि महत्वपूर्ण मानिने पक्षकहरुमा जहाजको उपयोगिता उच्चदरको Seat Occupancy एवम् गन्तव्य विस्तार पर्दछन् । वर्तमान निगम व्यवस्थापन उपरोक्त पक्षहरुको प्राप्तिको लागि कटिबद्ध भई अहोरात्र खटिई सुधारोन्मुख अवस्थामा निगमलाई पु¥याएको तथ्य तपशिलका बुँदाहरुबाट स्पष्ट पार्न चाहन्छौं । 

२०७८ कार्तिकमा युवराज अधिकारीले निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेपछि ६ महिनामा निगमको मूल शक्तिको रुपमा रहनुभएको कर्मचारी साथीहरुको सहयोगमा निगमको सुधार आशातित सफलता हासिल भएकोले हामी अझ बढी आशावादी छौं । हाल भइरहेको मुख्य–मुख्य सुधारका क्षेत्रहरु निर्देशानुसार पेश गर्दछु । 

हाल भइरहेका मुख्य मुख्य सुधारका क्षेत्रहरुमा निगमको वित्तीय अवस्थामा सुधारआएको छ । 

वर्तमान नेतृत्व आएपछि ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरि सकिएको छ र निगमले आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिनसक्ने अवस्था छ । 

अत्यन्त प्रतिकूल अवस्थामा ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी रु. १,अर्ब ३३ करोड ९९ लाख नगद मौज्दात कायम हुनाले निगमले यस अवधिमा एक अर्ब सत्ताइस करोड दुई लाख वित्तीय आम्दानी बचत गरेको छ । ओभर ड्राफट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निमगलाई यसको ब्याज भुक्तानी गर्न दायित्वकोे रकम समेत बचत हुन गएको छ । 

निगमले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम ८ महिना (साउनदेखि फागुन) सम्म ८ अर्ब ३९ करोड रुपैया आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बृद्धि हो । अघिल्लो वर्ष सोही अवधिको आम्दानी ५ अर्ब ७० करोड रहेको थियो । 

उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तराष्ट्रिय उडानमा रहेका ए ३२० सेरिजका दुईवटा न्यारोबडी र ए ३३० सेरिजका दुईवटा वाइडबडी जहाजको औसत सीट भरिने परिणाम ९० प्रतिशतको हाराहारीको पुगेको छ । २०७८ कात्र्तिकमा वाइडवडी ३३० प्रति दिन ७ घण्टा ३८ मिनेट उड्ने गरेकोमा अहिले झण्डै १० घण्टा उड्न थालेको छ भने अर्को विमान ३२० घण्टाबाट बढेर झण्डै ११ घण्टा पुगेको छ । 

(B).  विमानको उपयोगिता ः हाल A-320 र A-330 को दैनिक उडान १० घण्टा भन्दा बढी रहेको छ । 

निगमले आफ्नो गन्तब्य विस्तारको क्रममा यही २०७९ वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान प्रारम्भ गरेको छ । नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मानिएको रियादमा निमगले हाललाई हप्तामा दुईवटा उडानबाट प्रारम्भ गरिसकेको छ । 

निगमले साउदी अरेबियाको जेद्दा र दमाममा पनि उडान अनुमति पाएको छ । रियाद (साउदी अरेबिया) नयाँ गन्तव्य मात्र नभएर चार लाखभन्दा बढी नेपालीहरु रहेको र यात्रुसंख्या एवम् भाडादरका कारणले थप आकर्षक गन्तव्य पनि हो । 

विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यका १० ठाउँमा नियमित उडानहरु सुचारु भएका छन् । 

निगमले काठमाडौं–इलाम–काठमाडौं नियमित उडान गर्ने गरी गृहकार्य अगाडि बढाईरहेको छ । निगमले काठमाडौंबाट थामखर्क खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्ज नियमित उडान गर्दछ भने नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्ने गर्दछ । त्यस्तै धनगढीबाट डोटी, साँफेबगर, बाजुर र बझाङ उडान गर्दै आएको छ । 

स्पेशल प्रोरेट आग्रीमेन्ट गरी निगमले विश्वका प्रसिद्ध वायुसेवा कम्पनीहरुसंग ठुला विमान कम्पनीको सहकार्य मार्पmत अन्तरमहादेशीय टिकट बिक्री गरिरहेको छ । जसले गर्दा निगमको सिधा उडान नहुने विश्वका कैयौं देशसँग SPA मार्पmत गन्तव्य तयः गरी हजारौं यात्रुलाई सेवा विस्तार गर।ेको छ । यस अन्तर्गत यूरोपका विभिन्न शहर, अष्टे«लिया, दक्षिण कोरिया, इजरायलका गन्तब्यमा उडान गर्ने २१ वटा वायुसेवा कम्पनीसँग SPA Passenger र २४ वटा वायुसेवा कम्पनीहरुसँग SPA Cargo सम्झौता गरेको छ । 

DG Certification र सेवा ः 

निमगले आफ्नो ६३ वर्षको इतिहासमा नै पहिलो पटक खतराजन्य पदार्थ आसारपरार गर्नेे प्रमाण–पत्र पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यो प्रमाण–पत्र प्राप्त गरेसँगै निगमले दुबई, हङकङ, दिल्ली र नारिता जस्ता सेक्टरबाट उडान सुरक्षालाई असर नपार्ने खतराजन्य पदार्थहरु खतराजन्य पदाथ ओसार–पसार गरी थप आय आर्जन गर्न पाउने भएको छ । यसबाट बार्षिक २ करोड भन्दाबढी आय थपिने विश्वास छ । निमगले यस्ता सामान ओसार–पोसारका लागि तालिम दिने जनशक्ति पनि तयार पारिसकेको छ । 

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले ज्यूको निर्देशनमा निगमले आफ्नो काउण्टरबाट टिकट लिई खाडी मुलुकमा जाने नेपाली श्रमिकलाई विशेष छुट दिने व्यवस्था गरेको छ । यस्तो छुट प्रति उडान ४० जनालाई दिने गरिएको छ । यसबाट बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरु लाभान्वित भएका छन् । 

१३) जहाज र बोर्डिङ पासमा विज्ञापन ः 

निगमले अन्तर्राष्ट्रिय उडानका IFE System मा विभिन्न कम्पनीहरुको विज्ञापन गर्ने गरेको छ । निगमले यी अन्तर्राष्ट्रिय उडान मनोरञ्जनमा उपयोग हुने सिनेमा, नाटक,म्युजिक भिडियोमा पनि विज्ञापन प्रशारण गर्ने योजना बनाएको छ । यसबाट निगमको आम्दानी वृद्धि हुनेछ । 

भावी योजना अन्तर्गत अन्तर्राष्ट्रिय उडानमा वाईफाईको सेवाः उपलव्ध गराउने लक्ष्य लिएको छ । 

जहाजमा वाईफाई सिष्टम जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने यात्रु सन्तुष्टी बढ्ने र निगमलाई थप आय आर्जन हुनेछ ।

२०) जहाज खरिद र गन्तव्य विस्तार ः 

निगमको १० वर्ष व्यवसायिक योजना अनुरुप सन् २०२२ मा आन्तरिक तर्पm ३ थान स्टोल र २ थान ट्रङ्क तर्पmका जहाज खरिद गर्ने योजना छ । स्टोल जहाजका लागि प्रति जहाज रु. ८६ करोड र ट्रङ्कको लागि प्रति जहाज २ अर्व लाग्ने अनुमान छ । आन्तरिक उडानमा विमान थपेपछि लुक्ला, पोखरा, जोमसोम र भैरहवामा उडान सेवा थप विस्तार हुनेछ । 

साथै अन्तर्राष्ट्रियतर्पm २ थान न्यारो बडीको जहाज थप्ने र सन् २०२४ मा अन्तर्राष्ट्रिय उडानमा एक थान वाइडबडी र २ थान न्यारोबडी थप्ने तथा २०२५ मा एकथान वाइडबडी थप्ने योजना रहेको छ । अन्तर्राष्ट्रिय उडानमा विमान थपेपछि दक्षिण कोरियाको सिओल, चीनको ग्वान्झाउ र सांघाई, श्रीलंकाको कोलम्बो, भारतको अहमदावाद, इण्डोनेशिया, जर्मनीको फ्रयांकफर्ट र अष्टे«लियामा उडान शुरु गरिनेछ । 

२३) Sinking Fund को स्थापना ः 

नेपाल वायुसेवा निगमले नयाँ विमान खरिदका लागि सञ्चय कोष र नागरिक कोषबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीका लागि प्रत्येक महिना कुल आयको ३० प्रतिशतले हुन आउने रकम नियमित रुपमा जम्मा गर्ने गरी कोष स्थापना गरेको छ र सो फण्डमा निर्णय गरिए बमोजिमको रकम जम्मा गर्न थालिएको छ । यसले दुवै संस्थाबाट लिएको कर्जा भुक्तानी सरल हुने छ । 

कुनै पनि वायुसेवा कम्पनीको लागि आय आर्जनको विविध विकल्पहरु मध्ये एक सफल र प्रभावकारी आय आर्जनको अंग इन्फ्राइत डयुटी फ्रि शप सेवा पनि हो । निगमको अन्तर्राष्ट्रिय उडानमा यस प्रकारको कर मुक्त पसल सञ्चालनबाट शुन्य लागतमा वार्षिक करिब ने.रु. १ करोड भन्दा बढी थप आय आर्जन गर्नसक्ने अवस्था रहेको छ । यो सेवा सञ्चालन इजाजतको लागि निगमले मन्त्रालयमा आवश्यक पहलका लागि अनुरोध गरेकोे छ । 

सम्बन्धित समाचार