रुपन्देही बस दुर्घटना. नौको मृत्यु, पाँचजनाको सनाखत

20.5k Shares

बुटवल, २२ जेठ । रुपन्देहीको भैरहवानजिक रोहिणी खोलामा यात्रीवाहक बस खस्दा मृत्यु भएका नौमध्ये पाँचजनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे, तिलोत्तमा योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपहानगरपालिका–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीय दिनेश दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।  यस्तै, मृत्यु भएका भारतका अरविन्द्र शर्माको पनि पहिचान खुलेको छ ।

तीमध्ये तीनजनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र दुईजनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस आइतबार बिहान करिब ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सिमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो ।

बसमा सवार ३३ मध्ये २५ पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ ।

सम्बन्धित समाचार