जुम्ला, १६ जेठ । जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाकाे मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांस ग्रामिण बस्ती रित्तिएका छन भने पाटन जानेकाे लर्काे लागेकाे छ ।
यार्सागुम्बा संकलनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रमीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन् । १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै हाेइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर पाटनतर्फ लागेका हुन् ।
स्थानीय तह निर्वाचन सकिएलगत्तै सबै युवायुवती, वृद्धवृद्धा पाटनतिर गएको पातारासी गाउँपालिका-२ तल्फिका ५९ वर्षीय भैरब बोहोराले बताए । उनले भने, '१८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन् । तल्फी हुरीमहरी पेरे गडिगाउँ चौर छुमगाउँ सबैका घरमा ताला लगाएर गएका छन् ।'
खेतिपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने उनले बताए । यसले गर्दा स्थानीयवासीकाे मुख्य जीविकाेपाजर्नको स्राेत नै जडिबुटी हो । घरको उत्पादनले बाह्रै महिना खाना पुग्दैन । घर खर्चदेखि बालबच्चालाई स्कुल पढाउन लेखाउँन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुकाे विकल्प छैन । बोहोराले भने, 'मकै, आलु, कोदो, चिन्नु गोड्मेल र घरायसी सबै काम महिलाले गर्दछन् । घरको सबै समान जोहो गर्न यार्साकै भर पर्नु पर्ने अवस्था छ ।