ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले पुनः जित हासिल गरेका छन् । उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले हराउन सफल भएका हुन् । ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत ल्याएका छन् भने व्यञ्जनकारले २४ हजार ५६० मात्र मत ल्याएका छन् ।
यसअघिको स्थानीय निर्वाचनमा पनि व्यञ्जनकार महर्जनसँग पराजित भएका थिए । त्यो बेलामा महर्जनले ३२६ मात्र मत अन्तरले हराएका थिए । उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएकी छन् । उनले सत्ता गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई छ हजार ३३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गर्दा बज्राचार्यले १८ हजार ७५२ मात्र मत प्राप्त गरिन् ।
त्यस्तै ललितपुर महानगरपालिकाको २९ वटा वडाका वडा अध्यक्षहरुमा
वडा नं.१ निर्मल तण्डुकार (स्वतन्त्र)
वडा नं. २ राजेश महर्जन नेकपा (एस)
वडा नं.३ श्रीगोपाल महर्जन नेकपा ( एस )
वडा नं. ४ सन्तोष खड्का नेपाली काँग्रेस
वडा नं.५ बिकासमान श्रेष्ठ नेकपा (एमाले)
वडा नं. ६ रुपेन्द्र शाक्य नेपाली काँग्रेस
वडा नं ७ कुल बहादुर महर्जन नेपाली काँग्रेस
वडा नं. ८ बाबुरत्न महर्जन नेपाली काँग्रेस
वडा नं. ९ राजु महर्जन नेपाली काँग्रेस
वडा नं.१० रविन व्यञ्जनकार नेपाली काँग्रेस
वडा नं.११ अरोज कुमार खड्गी नेपाली काँग्रेस
वडा नं.१२ नारायण लाल अवाले नेकपा (एमाले)
वडा नं.१३ गणेश के।सी (स्वतन्त्र )
वडा नं.१४ अमृत जंग महत नेपाली काँग्रेस
वडा नं.१५ शुरेश शाही नेकपा (एमाले)
वडा नं.१६ निर्मल शाक्य नेपाली काँग्रेस
वडा नं.१७ विनोद महर्जन नेकपा (एमाले)
वडा नं.१८ दामोदर खड्का नेकपा (एमाले)
वडा नं. १९ राजेन्द्र महर्जन नेकपा (एमाले)
वडा नं.२० चन्द्रलाल महर्जन नेपाली काँँग्रेस
नंवडा नं.२१ रविन्द्र महर्जन नेकपा (माके)
वडा नं. २२ सागर तुलाधर नेकपा (एमाले)
वडा नं २३ जीवन महर्जन नेकपा (एमाले)
वडा नं. २४ दिनेश जङ्ग पाण्डे नेकपा (एमाले)
वडा नं.२५ दौलत कुमार खत्री नेकपा (एमाले)
वडा नं. २६ शुरेश महर्जन नेकपा (माके)
वडा नं.२७ कृष्णहरी महर्जन नेकपा (माके)
वडा नं.२८ बीरेन्द्र महर्जन नेपाली काँग्रेस
वडा नं. २९ गणेशकुमार महर्जन नेकपा (एमाले)