गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर महर्जनले लिए सपथ ग्रहण

17.3k Shares

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले सपथ ग्रहण लिएका छन् ।


सोमवार साँझ ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर गजेन्द्र महर्जन र महालक्ष्मीका हरिगोविन्द श्रेष्ठले सपथ ग्रहण लिएका छन् ।


सपथ ग्रहण ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार सिवाकोटीले गराएका थिए । सपथ ग्रहण कार्यक्रमना ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको उपस्थित रहेको थियो ।


कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटिले नवनिर्वाचित मेयरलाईं बधाई दिँदै जनताको आसा अपेक्षा अनुसार काम गर्न अनुरोध गरेका थिए ।



सम्बन्धित समाचार