18.3k
Shares
काठमाडौं, ८ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख १२ हजार ४४२ मतगणना गरिएको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को ४० हजार तीन मतसहित फरालिको अग्रता कायमै छ । मतगणनाको सुरुवातदेखि उनी अग्रस्थानमा छन् ।
यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २२ हजार ७४९ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापित २२ हजार ९५ मतसहित तेस्रो स्थानमा छन् ।