ललितपुर । उपत्यकाकै ठूलो नगरपालिकाको रुपमा रहेको गोदावरी नगरपालिकामा एमाले ‘क्लीन स्वीप’ हुने अवस्थामा पुगेको छ ।
गोदावरी नगरपालिकाको १४ वडा मध्ये १ देखि ११ वडासम्म मतगणना गर्दा नेपाली कांग्रेसले ९ वटा वडामा विजयी हासिल गरिसकेको छ भने माओवादीले वडा नं. ३ र ८ मा विजयी भइसकेको छ ।
१२ नम्बवर वडामा पनि एमालेका उम्मेदवार न्ह्ुछेराम महर्जनलाई कांग्रेसका उम्मेदवार जगतबहादुर महर्जनले आठसय भन्दा बढी मतले अगाडि पारेका छन् । १२ नम्बर वडामा पनि कांग्रेसका उम्मेदवार विजयी हुने निश्चित प्रायः छ ।
गोदावरी नगरपालिका कांग्रेसका मेयरका उम्मेदवार गजेन्द्र महर्जन प्रत्यासी एमालेका उम्मेदवार गम्भीर बहादुर राणाभन्दा १५ सय मतभन्दा बढीले पछाडि रहेका छन् । उता, कांग्रेसकी उपमेयर मुना अधिकारी पनि एमालेकी उम्मेदवार रोमी प्रधानाङ्ग ‘सिलवाल’लाई झण्डै दुई हजार मत अन्तरले पछाडि पारिसकेकी छिन् । यसले के देखाएको छ भने मेयरमा गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारीले पुनः बाजी मार्ने अवस्था देखिएको छ ।