दैलेखमा मतगणनामा झडप हुँदा प्रहरी र सशस्त्रका ६ जना घाइते

15.7k Shares
दैलेखको नारायण नगरपालिका–१ स्थित मुख्य निर्वाचन कार्यालयमा मतगणना भइरहेको अवस्थामा झडप हुँदा राजनीतिक दलका कार्यकर्ता र सुरक्षाकर्मी घाइते भएका छन् । 
कार्यालय परिसरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकर्ताहरु बीच विवाद भई झडप भएको हो । झडपमा परी एमाले कार्यकर्ता नारायण–१ का २९ वर्षीय बलराम थापाको दाहिने आँखा, मुख, दाहिने खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । 
त्यसक्रममा सुरक्षाका लागि खटिएको प्रहरी र सशस्त्र प्रहरीमाथि नै राजनीतिक दलका कार्यकर्ताहरुले ढुंगामुडा गरेका थिए । जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना र सशस्त्र प्रहरीका ४ जना घाइते भएका छन् । 
घाइते हुनेमा प्रहरी जवान टीकाराम चपाईं, निमबहादुर थापा छन् भने सशस्त्रका प्रहरी वरिष्ठ हवल्दार कृष्ण कुँवर, प्रहरी सहायक हवल्दार यामलाल खनाल, जवानहरु कमल चौहान र रमेश बोहोरा छन् । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितरबितर पारेको थियो । हाल अवस्था सामान्य रहेको दैलेख प्रहरीले जनाएको छ ।  
सम्बन्धित समाचार