पहिलो खेलमा पीएसजी पराजित

18.7k Shares

एजेन्सी । स्टार खेलाडी विनको पेरिस सेन्ट जर्मन (पीएसजी) ले नयाँ सिजनमा खराव सुरुवात गरेको छ । सिजन २०२०–२१ को पहिलो खेलमा लेन्ससँग १–० ले पराजित हुँदै सिजनमा खराव सुरुवाता गरेको हो । 
बिहीबार राति लेन्सको घरेलु मैदानमा भएको खेलमा इग्नाटिउस गानागोले खेलको एक मात्र निर्णायक गोल गरेका थिए । 
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो दोस्रो हाफमा गानागोले गोल गरेका थिए । उनले खेलको ५७ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका हुन् । 
यस खेलमा पीएसजीका स्टार स्ट्राइकरद्धोय नेयमार र केलियन एम्बाप्पे अनुपस्थित थिए । दुबै खेलाडी कोरोना भाइरस संक्रमणका कारण नयाँ सिजनको पहिलो खेलमा अनुपस्थित भएका हुन् । 
यस जितसँगै घरेलु टोली लेन्सले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो खेल गुमाएको लेन्स तीन अंकसहित तालिकाको १२ औं स्थानमा छ । यता पहिलो खेलमा नै पराजित भएको पीएसजी १७ औं स्थानमा छ । 

सम्बन्धित समाचार