काठमाडौं । नेपाल प्रहरीमा उच्च अधिकारीसहित २५ सय ५८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
प्रहरीका उच्च अधिकारी चार डीआईजीलाई समेत कोरोना भाइरस पोजेटिभ देखिएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ९०३ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
११ सय ३० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १४२ र काठमाडौं उपत्यकाका ७६१ जनामा कोरोना भाइरस संक्रमित छन् ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १३९, प्रदेश २ मा ६०, वाग्मती प्रदेशमा ८१, गण्डकीमा ८१, प्रदेश ५ मा १०७, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १३ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।