ललितपुर । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा ललितपुरको दक्षिणी भेगमा पर्ने बागमती गाउँपालिकामा अध्यक्ष पदमा समाजसेवी एवम् सो क्षेत्रका जनताको लोकप्रिय व्यक्तित्वको रुपमा परिचित विष्णु तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।
बिष्णु तिमल्सिना ललितपुर जिल्ला बाग्मति गाउँपालिका युवा नेता, समाजसेवी, निडर एवम् निष्पक्ष ओकालत गर्ने सक्ने व्यक्तिको रुपमा परिचित भएकै कारण पनि सो गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनैको पल्लाभारी भएको स्थानीयले बताएका छन् ।
तिमल्सिना लामो समयदेखि नेपाली कांग्रेसको लोकप्रिय युवा नेताको रुपमा परिचित व्यक्तित्व हुन् । पुर्व पालिका सभापति, निवर्तमान वडा नम्बर ३ का वडा अध्यक्ष समेत रही सो गाउँपालिकाका जनताको सेवामा सदैंव समर्पित बन्दै आइरहेका तिमल्सिना सो क्षेत्रका युवादेखि लिएर बच्चा, वृद्धवृद्धाहरुमा समेत निकै नै लोकप्रिय छन् । जात, धर्म, लिङ्ग, सम्प्रदाय सबैलाई समावेशी नेतृत्व गर्न सक्ने अब्बल नेताका रुपमा परिचित भइसकेका छन् विष्णु तिमल्सिना । उनको अभाव सिङ्गो पालिका जनताले महशुस गरिरहँदा अभाव खड्किन नदिने प्रण सहित तिमल्सिनाले गाउँपालिकाकै अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको खोजतलासलाई बताएका छन् ।
उनी वडा अध्यक्ष हुँदा उदाहरणीय वडा अध्यक्षको रुपमा आफुलाई स्थापित गरेकाले पालिका अध्यक्षमा प्रत्यासीका रुपमा नाम सिफारिस भएको थियो । तर नेपाली कांग्रेस पार्टीका नेताहरुका गुटले क्षमतावान व्यक्तिको अस्तित्व नहुने, पुस्ता हस्तान्तरण नहुने पद्धतिको असर विस्तारै पर्न खोजेको उदाहरण समेत तिमल्सिनाले खोजतलासलाई सुनाए । तिमल्सिनाका अनुसार वडा नम्बर ४ प्युटारका वडा अध्यक्ष नारायण बाहादुर घले जस्ता असल, कर्मसिल, निष्ठावान् धेरै व्यक्ति नेकपा एमालेमा प्रवेश गरेको उदाहरण दिँदै भने ‘यस्तै एकलौटी मनोमानी गर्ने, एक पक्षको कुरा मात्रै सुन्ने हो भने कांग्रेसी जिल्लाका शिर्ष नेताहरुले नकारात्मक परिणाम भोग्नु पर्नेछ । जसका कारण पार्टीलाई लामो समय असर पर्ने दावि उनको छ ।’
उनीप्रति रहेको जनताका अशा र भरोसालाई मध्यनजर गर्दै स्वतन्त्र पालिका प्रमुखको रुपमा उमेदवारी दर्ता गरेका हुन् । उनीसँग अर्का प्रभासाली नेता मानिने डोलकेषर दाहाल उपाध्यक्ष पद त्यस्तै उदय शमशेर राणाको गढको रुपमा परिचित ठाउँ घुसेलबाट स्वतन्त्र उमेदवार कै रुपमा कांग्रेसका नेता नारायण गौतमले वडाअध्यक्षको रुपमा तीन जना स्वतन्त्र उमेदवारको रुपमा दर्ता गरेका छन् । उनिहरु तिनै जना अत्याधिक बहुमतका साथ चुनाव जित्नेमा ढुक्क रहेको समेत बताउछन् ।
हाम्रो जितनै जनताको जित हुने हँुदा आफुहरुलाई खुलेर मतदान गर्ने समेत आह्वान गरेका छन् । आफुहरु जनतालाई निराशा हुन नदिने र उमेदवारी फिर्ता कुनै हालतमा नलिने प्रणका साथ अगाडि बढेको कुरा तिमल्सिना बताउछन् । वडा अध्यक्ष हुँदा बाँकी रहेका अपुराहरु र पुरै पालिकाको लागि गर्नुपर्ने धेरै जिम्मेवारी विकास निर्माणका लागि आफ्नो स्वतन्त्र प्यानल सहितको टिमले ईतिहास रच्नका लागि दिलो ज्यानले लाग्ने बताएका छन् ।