गठबन्धनको विरोध गर्दै पोखराको मेयरमा कांग्रेस कार्यकर्ताको बागी उम्मेदवारी

26.4k Shares

काठमाडौं,  ११  वैशाख । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको भागबण्डाको विरोध गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका छन् । 

नेपाली कांग्रेस पोखरा महानगरपालिका–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले कार्कीको उम्मेदवारी दर्ता भएको जनाएको छ । 

गठबन्धनका शीर्ष नेताहरुबीच जुटेको सहमतिअनुसार पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीले पाएको छ । नेपाली कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने गठबन्धनमा सहमति जुटेको छ । 

सम्बन्धित समाचार