सांसद चेतनाथले सरकारले तोकेको निषेधाज्ञा उल्लंघन गरे

18.9k Shares

ललितपुर । निम्न वर्गलाई दुई छाकको जोहो गर्ने उद्देश्यले सञ्चालित ‘फुड बैंक’ कार्यक्रमलाई सामाजिक दुरी कायम नगरेको, सरकारले तोकेको मापदण्ड पूरा नगरेको भन्दै प्रशासनलाई दवाव दिई बन्द गराउने प्रदेश सांसद चेतनाथ सञ्जेलले एक जन्मोत्सव कार्यक्रममा देखिएको भिडभाडले सामाजिक दुरी कायम गर्नु नपर्ने भन्दै स्थानीयले सामाजिक सञ्जालमा व्यापक विरोध गरेका छन् ।
चापागाउँस्थित चेतनाथ सञ्जेलका कार्यकर्ता राज दुलालको जन्मोत्सव मनाउने कार्यक्रममा करिब चार दर्जनको भिडभाडमा जुठो केक खाँदै मनाएको भिडियो सार्वजनिक भएको छ । सो जन्मोत्सव कार्यक्रममा दक्षिण ललितपुरका चेतनाथका कार्यकर्ता र गोदावरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दर्शन विष्टको उपस्थित रहेको सो भिडियोमा देखिएको छ । यसरी सरकारले तोकेको निषेधाज्ञा प्रदेश सांसद चेतनाथ सञ्जेलले तोड्ने काम गरेको भिडियो अहिले भाइरल नै बनेको छ । 

सो भिडियो सरकारले भदौ ३ गतेदेखि निषेधाज्ञा गरेको र सो जन्मोत्सव कार्यक्रम भदौ ६ गते दुलालकै घरमा मनाइएको थियो ।

चापागाउँमा करिब दुई हप्ता अगाडि दैनिक ज्यावादारी गरी जिविकोपार्जन गर्ने निम्न वर्गलाई लक्षित गरी दुई छाक पुग्ने खाद्यान्न वितरण गरेको ‘फुड बैंक’ कार्यक्रमलाई सांसद चेतनाथले प्रशासनलाई दवाव दिई बन्द गराएका थिए । उनले एक टेलिभिजन कार्यक्रममा पनि गरिबको पेटमा लात हान्ने काम किन गरेको भन्दा सामाजिक दुरी कायम नगरेको कारण प्रशासनले बन्द गरेको खुलेरै बताएका थिए ।
सरकारले गरेको निषेधाज्ञाका कारण काम गर्न नपाई भोकभोकै बस्नुपरेको अवस्थामा फुड बैंकबाट केही रात महसुस गरेका दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने वर्गहरु अब सांसद चेतनावको घर घेर्ने बताउन थालेका छन् । हाम्रो पेटमा लात हान्ने काम सांसदले गरेका कारण अब हाम्रो पेट पाल्ने काम सांसदले गर्नुपर्छ भन्दै सांसदको घर घर्ने लक्ष्मी तामाङले बताइन् ।
 

सम्बन्धित समाचार