काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले नै अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको जनाईएको छ ।
अधिकारीलाई निलम्बन गरेर सरकारले डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ । पछिल्लो अर्थतन्त्रमा संकट आएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच सम्बन्ध चिसिएको पनि बताईएको थियो । यही बीच सरकारले गभर्नर अधिकारीलाई हटाएको छ ।