इटहरीमा बम विस्फोट, हिमाल सुरक्षा परिषदको पर्चा भेटियो

21.1k Shares

इटहरी, १५ चैत  । इटहरी २ नवजागृति टोलमा गतराती साढे १० मा सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । विस्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् ।

घटनामा घाइते दुवै जनाको अहिले उपचार भइरहेको छ। थापाको आँखामा चोट लागेकाले  विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

‘पड्काएको भन्दा पनि त्यो बम आफैं पड्किएको रहेछ, दुवैजना अहिले सुरक्षित छन्’ जिल्ला प्रहरी कार्यलयका एसपी सन्जयसिंह थापाले भने, ‘अरु विषय त अनुसन्धान हुँदै छ ।’

विस्फोट हुँदा  हुँदाको घटनास्थलबाट भने प्रहरी हिमाल सुरक्षा परिषद नेपालको पर्चासमेत भेटिएको छ । 

एसपी थापाका अनुसार उक्त पर्चा विस्फोटमै पर्नेमध्येका एकले ल्याएका थिए। विस्फोट भने कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ । 

हिमाल सुरक्षा परिषद हालै मात्र सशस्त्र युद्धको घोषणा गरेको संगठन हो। जुन संगठनले गत फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो । 

संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग यो सङ्गठनले राखेको छ ।

सम्बन्धित समाचार