जागिर दिलाइदिने भन्दै ठगी गर्ने जव सेन्टरका संचालक प्रहरी फन्दामा

16.6k Shares

काठमाडौं । बेरोजगारीलाई रोजगारी दिलाउने भन्दै करोडौं रुपैयाँ बेरोजगारहरुसँग असुलउपर गरी ठगी गर्ने गिरोह प्रहरी फन्दामा परेका छन् ।

रोजगारी दिने भन्दै फाराम भराएर काम नदिलाउने झण्डै एक दर्जन (रोजगारी)सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काम दिने नाममा पैसा असुल्दै आएका विभिन्न जब सेन्टरका सञ्चालकलाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको हो ।

सो टोलीले उजुरीका आधारमा ती जब सेन्टरमा छापा मारेर सञ्चालकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । रोजगारीको अवसर, जागिर चाहिएमा भन्दै विज्ञापन गर्ने र पैसा असुलेर बेवास्ता गर्ने गरेको आरोप जब सञ्चालकमाथि लागेको छ । प्रहरीले सेन्टरहरुले प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रुपैयाँसम्म ठगि गरेको महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार