हामीलाई निमिट्यान्न पार्ने षड्यन्त्र एकै चुट्कीमा समाप्त : नेपाल

19.5k Shares

काठमाडौं,  १७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमा अहंकार भरिएको बताएका छन् । ओलीले दुईदेशीय सहमतिमा पनि राजनीति गरेको उनको भनाइ छ ।

मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ओलीमा देशभक्तिको भावना नभएको भन्दै आफू सक्षम हो भने तर्क र बहस गर्न मैदानमा आउन चुनौती दिए ।

अध्यक्ष नेपालले एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्नुपर्ने भए ओलीले आफ्नो सर्त पूरा गर्न दबाब दिएको पनि बताए ।

“एमसीसीमा समर्थन छ भन्ने अनि सर्त राख्ने,” उनले भने, “सर्त पनि सभामुखलाई अभियोग लगाउन, गठबन्धन तोड, केही प्रदेशमा मुख्यमन्त्री देऊ, केही मन्त्री देऊ, माधव नेपालको सांसदलाई कारबाही गर, पार्टी खारेज गरिदेऊ भन्ने राखेछन् ।”

आफूहरूलाई निमिट्यान्न पार्ने दुई हप्तादेखिको षड्यन्त्र एकै मिनेटमा, एकै चुट्कीमा समाप्त भएको उनले बताए ।

सम्बन्धित समाचार