स्थानीय तह निर्वाचनका लागि दर्ता गर्ने दलको संख्या २९ पुग्यो

16.6k Shares

काठमाडौं  । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि दल दर्ताका लागि सूचना प्रकाशन भए बमोजिम हालसम्म थप १९ वटा राजनीतिक दलहरुले निवेदन दिएका छन् । यसरी निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको संख्या २९ पुगेको निर्वाचन आयोगले जनाएको छ । थप निवेदन दिने दलहरुमा निम्न छन्ः 

(१) बहुजन एकता पार्टी नेपाल

(२) वैज्ञानिक समाजवादी पार्टी

(३) नेपाल सद्भावना पार्टी

(४) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

(५) तामाङसालिङ लोकतान्त्रिक पार्टी

(६) राष्ट्रिय जनमुक्ति पार्टी

(७) राष्ट्रिय प्रजातन्त्र पार्टी

(८) नेपाल समावेशी पार्टी

(९) राष्ट्रिय जनमोर्चा

(१०) राष्ट्रिय विकास पार्टी

(११) नागरिक उन्मुक्ति पार्टी

(१२) खुम्बुवान राष्ट्रिय मोर्चा

(१३) नेपाल परिवार दल

(१४) नेपाल विवेकशील पार्टी

(१५) नेपाल संसदीय समाजवादी पार्टी

(१६) सचेत नेपाली पार्टी

(१७) सामाजिक लोकतान्त्रिक पार्टी नेपाल

(१८) समाजवादी केन्द्र नेपाल

(१९) पिछडावर्ग निषाद दलित जनजाति पार्टी

त्यस्तै, निर्वाचनमा खटिने जनशक्तिहरुको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार निर्वाचन आयोग आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रति व्यक्ति विमाङ्क रकम रु. २० लाखको बीमा गर्न सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित बीमा प्रदायक कम्पनीहरुसँग प्रस्ताव माग गरेको छ । 

आयोगले स्थानीय तह निर्वाचनको लागि मतदान कार्यमा संलग्न हुनेहरुका लागि कोभिड–१९ को महामारीलाई रोकथाम गर्ने स्वास्थ्य सामग्रीहरु (मास्क र स्यानिटाइजर) र प्राथमिक उपचारका स्वास्थ्य सामग्रीहरु खरिद गर्न बोलपत्रको आव्हान गरेको जानकारी दिएको छ । स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि आयोगले नेपाल सरकार, अर्थ मन्त्रालयसँग  रू. ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट माग गर्ने निर्णय गरी अर्थ मन्त्रालयमा निकासाको लागि अनुरोध गरी पठाइएको छ ।

सम्बन्धित समाचार