15.3k
Shares
काठमाडौं, ८ फागुन । सत्तासाझेदार दलकै नेता–कार्यकर्ताहरूले आइतबार नयाँ बानेश्वरको सडकखण्ड अवरुद्ध पारेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौताको विरोध गर्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।
विरोध गर्नेमा नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ता अगाडि देखिएका छन् । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच भने आज संसद्मा एमसीसी टेबल गर्ने सहमति भएको छ । अहिले नयाँ बानेश्वर क्षेत्रमा सवारीसाधन सञ्चालनमा आउन सकेको छैन ।