प्रहरी मुख्यालयमा मदिरा काण्ड

22.5k Shares

काठमाडौ । नेपाल प्रहरीको मुख्यालय नक्सालमा मदिरा काण्ड हँुदा पनि त्यसको छानबिनसम्म पनि नभएपछि अब यस्ता काम गर्न छुट भएको हो कि भन्ने प्रश्न उठेको छ । बिगत आइजिपीहरूको कार्यकालमा  आईजिपीको निवास मदिरा सेवन केन्द्र बनेको कुरा कसैले बिर्सेका छैनन् तथापि अहिलेका आइजिपीको कार्यकालमा मदिरा सेवन अखडा बनेको मात्रै छैन कि उनका कोही आफन्त  बाहेक अफिसियल अधिकृत मात्रै होइन सिपाहीलाई पनि निवास निषेध छ। पहिले पहिले बार वा गते अनुसार दर्जा फरक गरेर प्रहरी कर्मचारीलाई आइजिपीले भेट्ने गर्दथे । अहिलेका आइजिपीले त्यो पनि गर्न छोडे। हुँदाहँुदै मुख्यालय भित्र मदिरा सेवन गरि बवाल मच्चाउनेलाई पनि छुट दिएका छन् । घटना  केही दिन अगाडिको हो । अर्थात् गत पुस १५ गते राति ८ देखि ९ बजे भित्रको हो ।  मुख्यालय भित्रको आतभौको भवनमा रहेको क्यान्टिनसँगै रहेको कोठामा धेरै हल्ला खल्ला र चर्को स्वरमा कराएको आवाज मुख्यालय हातामा फैलियो । कहाँ के भयो कसलाई भनेर बुझ्नु स्वाभाविकै थियो । ड्युटीमा रहेका प्रहरीहरू आवाज आएको ठाउँतिर खोज्दै जाँदा थाहा भयो कि उक्त कोठामा मदिरा सेवन गरेर होहल्ला गरेको कुरा । मदिराले लठ्ठ भएर होहल्ला गर्नेहरूको बारेमा सोधखोज गर्दा थाहा भयो कि उनीहरू प्राविधिक गुल्मका असई अर्जुन डंगोल र सप्रगण नक्सालका हवल्दार गोकुल खड्का । उनीहरूसँगै एक महिला भएको पनि डियुटीमा गएकाले देखेपछि उनको पनि सोधपुछ हँुदा ती महिला बिभागिय नभएर पव्लिक भएको खुल्यो । साथै ती महिला नारायणस्थान बस्ने पनि अनुसन्धानबाट खुल्यो ।  अब प्रश्न उठ्छ कि आखिर ती महिला राति त्यसबेला किन प्रहरी मुख्यालय आईन वा ल्याईन । आफन्त भए पनि किन राति त्यसबेला मदिराले मातेकाहरूसँग बसिरहिन । मुख्यालय भित्र यति ठूलो घटना हुदापनि कुनै छानबिन भएको छैन ।


सम्बन्धित समाचार