16.3k
Shares
काठमाडौं, २२ माघ । बिहीबार रातिदेखि काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
उनका अनुसार दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ । 'भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ' उनले भनिन्, 'मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।'