ललितपुर । ललितपुरको चापागाउँबाट सुरु गरेको ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ नाराका साथ संचालित ‘फुड बैंक’ ललितपुरको लुभुमा पनि सञ्चालन भएको छ ।
राजनीतिक दवावका कारण प्रहरी प्रशासनले चापागाउँमा सञ्चालित फुड बैंक बन्द गरे पनि ललितपुरकै महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा भने लुभु महालक्ष्मी युवा क्लबले आजबाट फुड बैंक सञ्चालनमा ल्याएको छ ।
कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाबाट दैनिक ज्यालादारी गर्ने मजदुर दैनिक गुजारा गर्न गाह्रो भइरहेको अवस्थामा महालक्ष्मी युवा क्लबले लुभुमा ‘फुड बैंक’ सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष नविन्द्र देव सिंहले बताए ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठबाट उद्घाटन गराएर राहात वितरण सुरु गरिएको थियो । आजबाट सुरु भएको ‘फुड बैंक’मा १ सय ५० जनाले राहत लिएको अध्यक्ष सिंहले बताए । सरकारले तोकेको मापदण्ड कयम गरी स्थानीय सरकारको समन्वयमा ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको अध्यक्ष सिंहको भनाई रहेको छ ।
महर्जन सामाजिक कार्यमा सकृय मानिनुका साथै युवा समाजसेवी रुपमा परिचीत छन् । महर्जन ललितपुर क्षेत्र नम्बर २ तरुण दल अध्यक्ष तथा किक बक्सिङ पुर्ब राष्ट्रिय खेलाडी समेत हुन् ।
हुनेले दिएर जाउ नहुनेले लिएर जाउ भन्ने अभियानका साथ सुरु गरिएको फुट बैंक पहिलोपटक मोरङ जिल्लामा सुरु भएको थियो । ललितपुर जिल्लामा पनि यो अभियान नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनको सक्रियतामा नेपाल तरुणदल ललितपुर क्षेत्र नं १ ले गोदावरी नगरपालिका वडा नम्बर ११ बज्रबारहीमा सुरु गरेको थियो ।
तरुण दलले लगातार दश दिनसम्म सञ्चालनमा ल्याएको फुड बैंक स्थानीय प्रशासनले बन्द गराएको छ । संघीय सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेलले प्रशासन लगाएर बन्द गराई गरिबको पेटमा लात हान्ने काम गरेको दैनिक फुड बैंकबाट लाभ लिइरहेका सुन्तली तामाङले बताइन् ।