19.2k
Shares
काठमाडौं। काठमाडौं उपत्यकामा एकैदिन ६ हजार १७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ संक्रमित देखिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४१ हजार ६३३ पुगेको छ ।
त्यस्तै देशभरि २५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको मन्त्रालयले जनाएको छ ।